भारत, पाकिस्तान, मलेसिया र दक्षिण कोरियामा काेरोनाका बिरामी बढे

हेल्थपोस्ट नेपाल

बितेका केही दिनयता भारत, पाकिस्तान, मलेसिया र दक्षिण कोरियामा काेरोनाका बिरामी बढिरहेका छन्। बुधबार भारतमा १६ हजार एकसय ५९ जना, पाकिस्तानमा आठसय १८ र दक्षिण कोरियामा १९ हजार तीनसय ७१ जना काेराेना संक्रमित थपिएका छन्।

यसैगरी मलेसियामा दुई हजार नौ सय ३२ जना नयाँ बिरामी थपिएका छन् भने तीन जनाको मृत्यु भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार मलेसियामा कोरोना सङ्क्रमितको सङ्ख्या ४५ लाख ७८ हजार सातसय ४१ जना पुगेको छ।

हाल भारतमा कोरोनाका कुल संक्रमितकाे संख्या चार करोड ३५ लाख ४७ हजार ८०९ पुगेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले बुधबार जानकारी दिएको छ। २४ घण्टामा भारतमा कोरोना सङ्क्रमणबाट २८ को मृत्यु छ। याेसँगै हालसम्म काेराेना महामारीका कारण पाँच लाख २५ हजार २७० को मृत्यु भएको छ।

हाल भारतमा एक लाख पन्ध्र हजार २१२ सक्रिय सङ्क्रमित रहेका छन् । करिब चार महिनापछि गत हप्ताबाट सक्रिय सङ्क्रमितको सङ्ख्या एक लाखभन्दा बढी भएको छ।

पछिल्लो एक दिनमा १५ हजार ३९४ कोरोना भाइरसबाट सङ्क्रमणमुक्त भएका छन् । कोरोना भाइरस निको हुने दर ९८.६१ प्रतिशत रहेको छ।



Leave a Reply

Your email address will not be published.