भारतका पूर्वमन्त्री लालु यादवको स्वास्थ्यस्थिति गम्भीर, आइसीयूमा उपचार हुँदै

हेल्थपोस्ट नेपाल

काठमाडौं–भारतका पूर्वमन्त्री एवं राष्ट्रिय जनता दलका प्रमुख लालुप्रसाद यादवको स्वास्थ्य स्थिति गम्भीर भएको छ। पटनाको एक निजी अस्पतालमा उपचार गराइरहेका उनको स्थिति गम्भीर रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

घरमा सिढीँमा चिप्लिएर लडेपछि उनको काँधको हड्डी भाँचिएको छ। सोही कारण अहिले उनलाई अस्पताल भर्ना गरिएको छ। उनमा मल्टिअर्गन फेलियरको पनि आशंका गरिएको छ। जसका कारण उनको उपचारमा समेत समस्या देखिएको बताइएको छ।

उनको मिर्गौलामा समस्या देखिएपछि लामो समय दिल्लीको एम्समा भर्ना गरिएको थियो। उनलाई आइसीयूमा राखिएको र डाक्टरहरुको टोली उपचारमा संलग्न रहेको जनाइएको छ।

 



Leave a Reply

Your email address will not be published.