पूर्व मिस ब्युटीफूल स्यारोन शेर्पा आन्द्राको क्यान्सरबाट पीडित

हेल्थपोस्ट नेपाल

काठमाडौं–हाल अमेरिकामा बसोबास गर्दै आइरहेकी पूर्व मिस ब्युटीफूल स्यारोन शेर्पा आन्द्राको क्यान्सरबाट पीडित भएकी छिन्। सियाटलमा रहँदै आएकी शेर्पा क्यान्सरको चौथो स्टेजमा रहेको बताइएको छ।

अमेरिकाबाट प्रकाशित हुने खसोखास अनलाइनका अनुसार अप्रिलको दोस्रो साता पेट दुखेर अस्पताल जाँदा आन्द्राको क्यान्सर भएको पुष्टि भएको र कलेजोको केही भागमा समेत क्यान्सर फैलिएको उनको मेडिकल रिपोर्टमा उल्लेख छ। उनको सियाटलस्थित स्वीडिस मेडिकल सेन्टरमा उपचार भइरहेको छ।

आफूमा क्यान्सरलाई जित्ने आत्मविश्वास रहेको र छिट्टै सामान्य अवस्थामा फर्किने आशा रहेको शेर्पाले बताएकी छन्।

उनले सन् १९९६ को मिस नेपालमा भाग लिएर मिस ब्यूटिफूल र मिस क्याटवाकको उपाधि जितेकी थिइन्। उनी कान्तिपुर एफएममा रेडियो प्रस्तोतासमेत थिइन्। यसका साथै उनले ‘शिखर’, ‘चमत्कार’ ‘अंगालो अंगालो’ लगायतका चलचित्रमा अभिनय गरेकी थिइन्। आफूमा क्यान्सर देखिए पनि नआत्तिएको र धैर्यताका साथ उपचारको प्रकृयामा रहेको उनले बताएकी छन्।

स्याराेन शेर्पाकाे अहिलेकाे अवस्था (बायाँ) र चलचित्रकाे पर्दामा।  तस्बिर साैजन्य: खसाेखास



Leave a Reply

Your email address will not be published.