नेपालमा पहिलो पटक फेला पर्याे ओमिक्रोन भेरियन्टको नयाँ प्रजाति

काठमाडाैै-नेपालमा पहिलो पटक कोरोना भाइरसको ओमिक्रोन भेरियन्टको नयाँ प्रजाति फेला परेको छ। काभ्रेकाे धुलिखेल अस्पतालको प्रयोगशाला गरिएको आणुवाङ्शिक (जीन सिक्वेन्सिङ) अध्ययनमा ओमिक्रोन भेरियन्टको नयाँ प्रजाति फेला परेको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा चुमनलाल दासले जानकारी दिए।
उनका अनुसार ओमिक्रोन भेरियन्टको नयाँ प्रजाति बीए ५ देखा परेकाे हो। निर्देशक दासले नयाँ प्रजातिको भेरियन्टबारे अध्ययन गरिरहेको बताए। ‘हामीलाई पनि हिजो धुलिखेल अस्पतालबाट ओमिक्रोनको नयाँ प्रजातिका बारेमा जानकारी प्राप्त भएको छ’, उनले भने, “कुन बिरामीमा ओमिक्रोनको नयाँ प्रजाति भेटिएको भन्नेबारमा हामीले अध्ययन गरिरहेका छौँ।’
नेपालमा यसभन्दाअघि ओमिक्रोनको बीए ४ प्रजातिको भेरियन्ट भेटिएको थियो । महाशाखाले पनि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा सङ्क्रमित बिरामीको नमूनाको जीन सिक्वेन्सिङ अध्ययन गरिरहेको छ। निर्देशक डा दासले एक-दुई दिनमा काठमाडौँमा गरिएको जीन सिक्वेन्सिङबारे थाहा हुने बताए। नेपालमा केही दिनदेखियता यसको सङ्क्रमण दर बढिरहेको छ।