थप ४४ जनामा कोरोना पुष्टि, १६ निकाे भए

काठमाडौं – पछिल्लो २४ घण्टामा ४४ जना कोरोना संक्रमित थपिएका छन्। देशभर गरिएको १ हजार २०१ पीसीआर र १ हजार २६६ जनाको एन्टीजेन परीक्षणका क्रममा ४४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
गत २४ घण्टामा १६ जना संक्रमित निको भएका छन्। देशभर हाल ३१४ जना सक्रिय संक्रमित छन्।