कोभिड अझै सकिएको छैन, ११० मुलुकमा संक्रमण वृद्धि : डब्लुएचओ

हेल्थपोस्ट नेपाल

काठमाडौं–विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले ११० मुलुकमा कोभिड संक्रमण वृद्धि भइरहेको जनाएको छ। कोभिड महामारी परिवर्तन भइरहेको उल्लेख गर्दै डब्लुएचओले यो समाप्त भइनसकेको जनाएको हो।

डब्लुएचओ प्रमुख टेड्रोस घेब्रेयेससले कोभिड १९ महामारी परिवर्तन भइरहेको र यो समाप्त नभएको उल्लेख गर्दै अहिले तीव्र रुपमा पैmलने ओमीक्रोन भेरियन्टका दुई उपभेरियन्टका कारण ११० मुलुकमा संक्रमण बढिरहेको बताएका छन्।

कोरोनाको चौथो लहरमा ओमीक्रोनको बीए.४ र बीए.५ भेरियन्ट जिम्मेवार मानिएको थियो। डब्लुएचओका अनुसार अहिले संक्रमण फैलिइरहेका मुलुकमा पनि यिनै भेरियन्ट जिम्मेवार छन्।

अमेरिकी रोग नियन्त्रण केन्द्र (सीडीसी) ले पनि अमेरिकामा कोरोनाका आधा केसमा बीए.४ र बीए.५ भेरियन्ट देखिएको जनाएको थियो।

बुधबारको पत्रकार सम्मेलनमा डब्लुएचओ प्रमुखले गरिब तथा कम आय भएका मुलुकमा खोप अभियान सुस्त भएकोमा चिन्ता व्यक्त गरे। डब्लुएचओले विश्वभर नै कूल जनसंख्याको ७० प्रतिशतमा खोप लगाउने लक्ष्य राखेको छ। एक तथ्यांकअनुसार गत १८ महिनामा विश्वभरका १२ अर्ब डोज खोप लगाइएको छ। विश्वका ७५ प्रतिशत स्वास्थ्य कार्यकर्ता र ६० प्रतिशतभन्दा बढी सर्वसाधारणलाई खोप लगाइएको छ। ल्यान्सेटका अनुसार खोपका कारण २ करोड मानिसको ज्यान जोगिइसकेको छ।



Leave a Reply

Your email address will not be published.