नेपाली विद्यार्थीको मृत्यु प्रकरणमा नैनितालको शेरउड कलेजका प्रिन्सिपल, वार्डेन र नर्स दोषी ठहर

हेल्थपोस्ट नेपाल

काठमाडौं–नेपाली विद्यार्थीको मृत्यु प्रकरणमा भारत उत्तराखण्डको नैनितालस्थित शेरउड कलेजका प्रिन्सीपल, वार्डेन र नर्स दोषी ठहर भएका छन्।

नैनीतालका मुख्य न्यायिक मजिस्ट्रेट रमेश सिंहको इजलासले नेपाली विद्यार्थी सान प्रजातिको मृत्युमा कलेज प्रशासनको गम्भीर लापरवाही भएको ठहर गरेको हो। प्रजापतिको ८ वर्षअघि निधन भएको थियो।

कलेजका प्रधानाध्यापक अमनदीप सन्धु, वार्डेन रवीकुमार र नर्स पायलले लापरवाही गरेको ठहर गर्दै जनही २ वर्ष कैद र ५० हजार रुपैयाँ जरिवाना सजाय भएको छ।

प्रजापति सो कलेजमा ९ कक्षामा अध्ययनरत थिए। नोयडाको एक निजी अस्पतालमा सेप्टिसेमियाका कारणल २०१४ को नोभेम्बर १४ का दिन उनको मृत्यु भएको थियो। उनको औषधोपचारमा कलेजले लापरवाही गरेको भन्दै परिवारले कलेज प्रशासनविरुद्ध जाहेरी दिएको थियो। सानकी आमाले आफ्ना छोराको गम्भीर अस्पतालमा आइसीयूमा उपचाररत रहँदासमेत स्कुल प्रशासनले आफूलाई कहिल्यै जानकारी नदिएको बताएकी थिइन्।

२०१५ डिसेम्बरमा अदालतमा पेस गरिएको अभियोगपत्रमा शेरउड कलेजका प्रिन्सीपल सन्धु, वार्डेन रवीकुमार र नर्स पायल पौलको नाम उल्लेख गरिएको थियो।



Leave a Reply

Your email address will not be published.