नेपालमा हैजाका बिरामीको संख्या १४ पुग्यो

हेल्थपोस्ट नेपाल

काठमाडाैं–नेपालमा हैजाका कूल बिरामीको संख्या १४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

सुरुमा २ असारमा बागबजारमा बसोबसा गर्ने एकै परिवारका २ जनामा संक्रमण देखा परेको थियो। त्यसपछि ३ असारमा ललितपुरको सानेपाका एक व्यक्तिमा, ५ असारमा डिल्लीबजारमा एक व्यक्तिमा, ६ असारमा बुढानीलकण्ठ १० कपन निवासी एक जनामा, ७ असारमा काठमाडौं १६ बोराटार निवासी एक व्यक्तिमा हैजा पुष्टि भएको मन्त्रालयले जनाएको छ।

पहिलो केसको घर र कार्यस्थलबाट भण्डारण गरिएको धाराको पानी, जारको पानी र जमिनमुनिको पानीको ४ नमुनामा कोलिफर्म जीवाणु भेटिएको, इडीसीडीले ललितपुरबाट लिएको १८ वटा पानीको नमुनामध्ये १२ वटा नमुनामा इकोली फेला परेको र थप ४९ वटा पानीको नमुनामध्ये इ कोली फेला परेको मन्त्रालयले जनाएको छ।

मन्त्रालयले विभिन्न स्थानहरुमा पानीको नमुना संकलन तथा परीक्षण बुथ स्थापना, निरन्तर निगरानी र वास गतिविधि बढाउने र विद्यालय तथा जोखिममा रहेका समुदायमा सचेतनामूलक अभियान सन्चालन गर्ने योजना रहेको जनाएको छ।



Leave a Reply

Your email address will not be published.