बढ्दै कोरोना संक्रमण, ६२ संक्रमित थपिए

काठमाडौं–नेपालमा कोरोना संक्रमण बढेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ हजार ६२० जनाको नमुना परीक्षण गरिएकोमा ६२ जनामा संक्रमण पुष्टि भएको हो।
यो अवधिमा १९ जना निको भएका छन्। हाल नेपालमा सक्रिय संक्रमितको संख्या २६१ छ।