मंकीपक्स भाइरसविरुद्ध खोप अभियान सञ्चालन गर्ने अमेरिकी तयारी

हेल्थपोस्ट नेपाल

काठमाडौं–देशभर मंकीपक्स संक्रमण बढ्न थालेपछि अमेरिकामा मंकीपक्सविरुद्ध खोप अभियान सुरु गर्ने तयारी गरिएको छ।

हालै बाइडेन प्रशासनले सार्वजनिक गरेको योजनाअनुसार अभियानका क्रममा संक्रमणको खतरा बढी रहेका मानिस र बढी संक्रमण रहेका राज्यमा खोप लगाइनेछ। जसअनुसार जोखिमपूर्ण क्षेत्रमा ५६ हजार डोज जिनोस नामक खोप लगाइनेछ।

अभियानका लागि स्वास्थ्य निकाय एनएचएस, राज्य र स्थानीय स्वास्थ्य विभागले संयुक्त रुपमा काम गर्नेछन्। उनीहरुले मंकीपक्सको जोखिम रहेका मानिसहरुलाई पहिलो डोज लगाउने योजना बनाएका छन्। बढी जोखिम रहेकाहरुमा समलिंगी यौनसम्बन्ध राख्नेहरु रहेको बताइएको छ।

अहिलेसम्म अमेरिकी सेन्टर फर डिजिज कन्ट्रोल (सीडीसी) ले संक्रमितको सम्पर्कमा रहेको पुष्टि भएकाहरुलाई खोप लगाउन सिफारिस गरेको थियो। तर अब सम्पर्कको जोखिम रहेका सबैलाई खोप लगाउने तयारी गरिएको छ।

मंकीपक्स यौनसम्बन्धमार्फत् फैलने बताइएको छ। विश्व स्वास्थ्य संगठनले पनि यो तर्कलाई मान्यता दिएको छ।

विश्वभर मंकीपक्सका ३०६ भन्दा बढी संक्रमित रहेको तथ्यांक छ। ह्वाइट हाउसका कोभिड रेस्पोन्स कोअर्डिनेटर आशीष झाले मंकीपक्स संक्रमितसँग सम्पर्कमा आएपछि खोप लगाउनाले भाइरस प्रसारको गतिलाई कम गर्न र कमजोर प्रतिरक्षा भएका मानिसलाई जोगाउन सहयोग गर्ने बताएका छन्।



Leave a Reply

Your email address will not be published.