लुम्बिनीकी स्वास्थ्यमन्त्री वलीले दिइन् राजीनामा

हेल्थपोस्ट नेपाल

बुटवल–वाइसीएलका नेता एकराज बस्नेतको घरमा गएर उनकी श्रीमतीलाई अभद्र व्यवहार गरेपछि विवादमा आएकी लुम्बिनी प्रदेशकी स्वास्थ्यमन्त्री विमला वलीले पदबाट राजीनामा दिएकी छन्।
एकराजकी श्रीमती र छोरीमाथि अभद्र व्यवहार गरेको प्रकरणमा वलीमाथि छानबिन गर्न समित समेत गठन भएको थियो।

लुम्बिनी प्रदेश सभा सदस्य रहेका पति उत्तरकुमार वलीको सडक दुर्घटनामा मृत्यु भएपछि विमला दाङ ३ (ख) को उपनिर्वाचनमा निर्वाचित भएकी थिइन्।

तत्कालीन नेकपाबाट प्रदेश सभा सदस्य निर्वाचित भएकी उनले सर्वोच्च अदालतको फैसलाअनुसार नेकपा विभाजित हुँदा नेकपा माओवादी केन्द्र रोजेकी थिइन्।



Leave a Reply

Your email address will not be published.