भारतमा १७ हजारभन्दा बढीमा कोरोना संक्रमण पुष्टि, केही सहरमा मास्क अनिवार्य गरियो

हेल्थपोस्ट नेपाल

काठमाडौं–भारतमा पछिल्लो २४ घण्टामा १७ हजारभन्दा बढी कोरोना संक्रमित थपिएका छन्। केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार १७ हजार ७३ संक्रमित थपिएका हुन्।

योसँगै भारतमा सक्रिय संक्रमितको संख्या ९४ हजार ४२० पुगेको छ। २१ जनाको संक्रमणका कारण मृत्यु भएसँगै भारतमा कोभिडका कारण ५ लाख २५ हजार २० जनाको मृत्यु भएको छ।

यस्तै, दिल्लीमा थप ६२८ जनामा संक्रमण पुष्टि र ३ जनाको मृत्यु भएको छ। दिल्लीमा संक्रमण दर ८.०६ प्रतिशत छ । दिल्लीमा कूल संक्रमितको संख्या १८ लाख ३२ हजार २५ पुगेको छ भने मृत्यु हुनेको संख्या २६ हजार २५६ पुगेको छ। शनिबार दिल्लीको संक्रमण दर ७.८ प्रतिशत थियो।

यस्तै, महाराष्ट्रमा सोमबार २ हजार ३६९ जनामा संक्रमण पुष्टि भएको छ भने थप ५ जनाको मृत्यु भएको छ। मुम्बईमा भने १ हजार ६२ जना थपिएका छन्।

तमिलनाडुमा दैनिक संक्रमित १ हजार ४७२ पुगेका छन्। संक्रमण बढ्न थालेपछि सरकारले सार्वजनिक स्थानमा मास्क अनिवार्य गरेको छ। चेन्नईमा थप ६२४ जनामा संक्रमण पुष्टि भएको छ।



Leave a Reply

Your email address will not be published.