थप ४१ जनामा कोरोना संक्रमण पुष्टि, २० निको भए

हेल्थपोस्ट नेपाल

काठमाडौं–नेपालमा थप ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ३५८ जनाको नमुना परीक्षण गरिएकोमा उक्त संख्यामा संक्रमण पुष्टि भएको हो।

२४ घण्टा अवधिमा कोरोना संक्रमणबाट २० जना निको भएका छन्। हाल नेपालमा सक्रिय संक्रमितको संख्या २०८ छ।



Leave a Reply

Your email address will not be published.