स्वास्थ्यमन्त्री खापुङको पहिलो निर्णय : ग्लोबल फण्डको कार्यक्रम सरकार आफैंले सञ्चालन गर्न पहल गर्ने

हेल्थपोस्ट नेपाल

काठमाडौं–स्वास्थ्य तथा जनसंख्यामन्त्री भवानीप्रसाद खापुङले पदभार ग्रहण गरेका छन्। उनले राष्ट्रपति विद्यादेवी भण्डारीबाट सपथ लिएलगत्तै रामशाहपथस्थित स्वास्थ्य मन्त्रालय पुगेर पदभार ग्रहण गरेका हुन्।

उनले पहिलो निर्णयको रुपमा ग्लोबल फण्डको कार्यक्रम सरकार आफैंले सञ्चालन गर्ने प्रस्ताव मन्त्रिपरिषदमा पठाउने फाइलमा हस्ताक्षर गरेका छन्। हाल ग्लोबल फण्डको कार्यक्रम सेभ द चिल्ड्रेनले चलाउँदै आइरहेको छ।

ग्लोबल फण्डले एचआइभी, क्षयरोग, औलोका क्षेत्रमा सहयोग गर्दै आइरहेको छ। सन् २०२४ बाट ग्लोबल फण्डको रकम सरकारमातहत नै खर्च हुने गरी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तयारी गरेको बताइएको छ।



Leave a Reply

Your email address will not be published.