काठमाडौंमा थप तीन जनामा हैजा पुष्टि, कहाँ-कहाँ देखिएकाे छ हालसम्म हैजा?

काठमाडौं – काठमाडौंमा थप तीन जनामा हैजा पुष्टि भएको छ। काठमाडौंमा हालसम्म हैजा पुष्टि भएकाहरुकाे संख्या १२ पुगेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ।
थप पुष्टि भएका दुई जनाको पाटन र एक जनाको स्टार अस्पतालमा उपचार भइरहेको जनाइएकाे छ।
यसअघि बागबजार, डिल्लीबजार, कपन, सानेपालगायत स्थानमा पनि हैजा पुष्टि भइसकेको छ। पानीपुरीमा प्रयोग गरिएको पानीमा हैजाको जिवाणु भेटिएको भन्दै ललितपुर महानगरपालिकाले पानीपुरी बेच्न प्रतिबन्ध लगाइसकेकाे छ।