राष्ट्रिय सभामा जवाफ दिनै नपाई बाहिरिए विरोध खतिवडा, नयाँ स्वास्थ्यमन्त्रीमा भवानीप्रसाद खापुङ

हेल्थपोस्ट नेपाल

काठमाडौं–स्वास्थ्यमन्त्रीमा भवानीप्रसाद खापुङ नियुक्त भएका छन्। प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले खापुङलाई स्वास्थ्यमन्त्री नियुक्त गरेकी हुन्।

एकीकृत समाजवादीको कोटामा परेको स्वास्थ्य मन्त्रालयमा खापुङ यसअघि स्वास्थ्य राज्यमन्त्री थिए। यसअघि स्वास्थ्यमन्त्री रहेका विरोध खतिवडा विनियोजन विधेयकमाथि उठेका प्रश्नको जवाफ दिनै नपाई बाहिरिएका छन्। उनी सोमबार राष्ट्रिय सभामा जवाफ दिएर राजीनामा दिने तयारीमा थिए। यसअघि आज आइतबार मन्त्री रामकुमारी झाँक्री र प्रेम आलेले भने संसदमा जवाफ दिएपछि राजीनामा घोषणा गरेका थिए।

स्वास्थ्य राज्यमन्त्रीमा भने हिराचन्द्र केसी नियुक्त भएका छन्।

आइतबार भएको मन्त्रीमण्डल हेरफेरमा पर्यटन मन्त्रालयको जिम्मेवारी जीवनराम श्रेष्ठ र सहरी विकासको जिम्मेवारी मेटमणि चौधरीले लिएका छन्। श्रममन्त्रालयको जिम्मेवारी शेरबहादुर कुँवरलाई दिइएको छ।



Leave a Reply

Your email address will not be published.