कीर्तिमानी आरोही शम्भु तामाङ क्यान्सरपीडित, प्रचण्डले लिए स्वास्थ्य स्थितिबारे जानकारी

हेल्थपोस्ट नेपाल

काठमाडौं–सबैभन्दा कम उमेरमा विश्वको सर्वोच्च शिखर सगरमाथाको आरोहण गरेर विश्व कीर्तिमान बनाएका शम्भु तामाङ क्यान्सर रोगबाट संघर्ष गरिरहेका छन्।

उनको हाल ललितपुरको हरिसिद्धिस्थित नेपाल क्यान्सर अस्पतालमा उपचार भइरहेको छ। माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आइतबार अस्पताल पुगी तामाङको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका थिए। प्रचण्डले तामाङको विगत र अहिले भइरहेको स्वास्थ्य अवस्थाबारे उपचारमा संलग्न चिकित्सकसँग कुराकानी गरेका थिए।

उनले देशका लागि तामाङले पु¥याएको योगदानको उच्च प्रशंसा गर्दै स्वास्थोपचारमा सरकारका तर्फबाट सहयोग दिलाउन पहल गर्ने बताएका थिए।

 

लिसङ्खुपाखर गाउँपालिका–२, सिन्धुपाल्चोक स्थायी घर भई हाल काठमाडौँ महाराजगञ्ज निवासी तामाङले सन् १९७३ मे ५ तारिखका दिन सगरमाथाको सफल आरोहण गरेका थिए। सगरमाथाको शिखर चुम्दा तामाङ १७ वर्ष ६ महिना १५ दिनका थिए।

 



Leave a Reply

Your email address will not be published.