थप २७ जनामा कोरोना पुष्टि, १६ निको भए

काठमाडौं–नेपालमा थप २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ हजार ८०२ जनाको नमुना परीक्षण गरिएकोमा उक्त संख्यामा संक्रमण पुष्टि भएको हो।
यो अवधिमा कोरोना संक्रमणका कारण कसैको पनि मृत्यु भएको छैन भने १६ जना निको भएका छन्। हाल नेपालमा सक्रिय संक्रमितको संख्या १८८ छ। उक्त अवधिमा ५६ हजार ६८८ जनाले खोप लगाएका छन्।