कसरी व्यवस्थापन गर्ने कोभिड खोपको फोहोर ? [विधिसहित]
![कसरी व्यवस्थापन गर्ने कोभिड खोपको फोहोर ? [विधिसहित]](https://www.healthpostnepal.com/wp-content/uploads/2022/03/khop.jpg)
काठमाडौं–स्वास्थ्य सेवा विभागले कोभिड खोपका क्रममा निस्कने फोहोर व्यवस्थापन विधि निर्माण गरेको छ।
विभागले काठमाडौं उपत्यका र प्रादेशिक राजधानी तथा जिल्ला अस्पतालहरुका लागि खोप फोहोर व्यवस्थापन विधि तयार पारेको हो।
जसअनुसार काठमाडौं उपत्यका र प्रादेशिक राजधानीमा खोप केन्द्र स्वास्थ्य संस्थामा नभई अन्य स्थानमा भएमा उक्त जम्मा भएका सेफ्टीबक्सहरुलाई नजिकको स्वास्थ्य संस्थामा वा संस्था कार्यालयमा लगिदिने, स्वास्थ्य संस्था तथा स्वास्थ्य कार्यालयहरुले प्राप्त भएका सेफ्टीबक्सहरुको अभिलेख राखी प्राप्त सेफ्टीबक्सहरुको सुरक्षित स्थानमा छुट्टै भण्डारण गर्ने उल्लेख छ।
यस्तै, स्वास्थ्य संस्थाहरुमा जम्मा भएका सेफ्टीबक्सहरु अटोक्लेब, माइक्रोवेबजस्ता उपकरणहरु नभएको खण्डमा फोहोरलाई निर्मलीकरण गर्ने व्यवस्था भएको नजिकै अस्पतालहरुमा सुरक्षितसँग ढुवानी गर्ने पनि विधिमा उल्लेख छ।