भरतपुर महानगरको नारा : ‘वडामा अस्पताल, स्वास्थ्य क्षेत्रमा समाजवाद’

हेल्थपोस्ट नेपाल

काठमाडौं–भरतपुर महानगरपालिकाले ‘वडामा अस्पताल, स्वास्थ्य क्षेत्रमा समाजवाद’ तथा ‘हाम्रो पालिका स्वस्थ बालबालिका’ को अवधारणाअनुरूप महानगरपालिकाअन्तर्गतका स्वास्थ्य संस्थाबाट प्रदान गरिने स्वास्थ्य सेवालाई गुणस्तरीय र जनमुखी बनाउँदै लैजाने घोषणा गरेको छ।

शुक्रबार सार्वजनिक गरिएको महानगरको नीति तिथा कार्यक्रममा उक्त कुरा उल्लेख गरिएको हो।

यस्तै, भरतपुर महानगरपालिकाभित्र रहेका छोरीहरूको स्वास्थ्य तथा सुरक्षाका लागि महानगरभित्र स्थायी बसोवास गर्ने महिलाबाट सरकारी स्वास्थ्य संस्थामा जन्मेका छोरीहरूलाई निःशुल्क एकलाख बराबरको ‘छोरी जीवन बीमा’ कार्यक्रमलाई प्रभावकारी रूपमा कार्यान्वयनमा गर्ने घोषणा गरिएको छ।

महिला तथा जोखिममा रहेका समुदायसँग ‘मेयर कार्यक्रम’ अन्तर्गत विद्यालय शिक्षामा अति विपन्न किशोरीहरूको पहुँचविस्तार गर्न साईकल वितरणको कार्यक्रमलाई निरन्तरता दिने, ‘एक वडा एक ज्येष्ठ नागरिक विश्रामस्थल’ लाई यथावत राख्ने, महिला, ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिहरूलाई भरतपुर अस्पतालबाट प्रदान गरिदैँ आएको निःशुल्क ओपीडी टिकट अनुदानलाई निरन्तरता दिइने उल्लेख छ।

भरतपुर अस्पतालमा महानगरपालिकाको सहायता कक्ष निर्माण गरी छोरी बीमा र ओपिडी टिकट ब्यवस्थापनमा सहजीकरण गर्ने, सम्पूर्ण किशोरीहरूलाई पाठेघरको मुखको क्यान्सरको स्क्रिनिङ्गको अभियान सञ्चालन गर्ने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ।



Leave a Reply

Your email address will not be published.