भारतमा कोरोनाको चौथो लहर तीव्र, यसपटक देखिँदैछन् यस्ता अनौठा लक्षण

हेल्थपोस्ट नेपाल

काठमाडौं–भारतमा कोरोना संक्रमणको चौथो लहरका क्रममा दैनिक संक्रमितको संख्या १७ हजारभन्दा बढी हुन थालेको छ। बिहीबार १७ हजार ३ सय ३६ संक्रमित थपिएका हुन्। योसँगै भारतमा सक्रिय संक्रमितको संख्या ८८ हजार २ सय ८४ पुगेको छ।

भारतमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण ३८ जनाको मृत्यु भएको छ। हालसम्म भारतमा कोरोना संक्रमणका कारण ५ लाख २४ हजार ९४१ पुगेको छ।

महाराष्ट्रपछि दिल्लीमा पनि कोरोना संक्रमण दोब्बर भएको छ। स्वास्थ्य सेवा विभागका अनुसार बुधबारको तुलनामा बिहीबार कोरोना दोब्बरले बढेको हो। बुधबार ९२६ संक्रमित थपिएकोमा बिहीबार १९३४ संक्रमित थपिएका छन्। पोजिटिभ दर ८.१० प्रतिशत रहेको बताइएको छ। दिल्लीमा संक्रमितको कूल संख्या १९ लाख २७ हजार ३९४ पुगेको छ भने २६ हजार २ सय ४२ को मृत्यु भएको छ।

यस्तै, महाराष्ट्रमा बिहीबार ५ हजार २१८ संक्रमित थपिएका छन् भने मुम्बईमा मात्रै २ हजार ४७९ जनामा संक्रमण देखिएको छ। यहाँ दैनिक संक्रमण ५० प्रतिशतले बढेको छ।

भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार भारतमा सक्रिय संक्रमितको कूल संख्यामा ३० प्रतिशतले वृद्धि भएको छ भने संक्रमणमुक्त दर ९८.६० प्रतिशत छ।

नयाँ खालका लक्षण
कोरोना संक्रमण बढ्दै जाँदा संक्रमितमा अनौठा लक्षण देखिएका छन्। विगतमा जस्तो यसपटक खोकी, ज्वरोजस्ता लक्षण देखिएका छैनन् भने बिरामीहरु थाहा नपाउने गरी संक्रमित हुन थालेका छन्। संक्रमितमा निद्रा नलाग्ने, भोक नलाग्ने, सोच्ने सम्झने क्षमता कम हुने, उदास हुने र चिन्तित हुनेजस्ता लक्षण देखिन थालेका छन्।

 



Leave a Reply

Your email address will not be published.