अब हामी कोरोनाबाट सुरक्षित [फोटो फिचर]

काठमाडौंको वसन्तपुरस्थित नवआदर्श स्कूलमा अध्ययनरत विद्यार्थीहरुलाई बुधबार कोरोनाविरुद्धको खोप लगाइँदै। असार ९ देखि ५ देखि १२ वर्षमुनिका बालबालिकालाई बिहीबारदेखि कोरोनाविरुद्धको खोप अभियान सुरु भएको छ। पहिलो चरणमा २७ जिल्लामा खोप लगाइएको हो। अमेरिकाले अनुदान सहयोगमा दिएको फाइजर–बायोएनटेक खोप यही असार ५ गते काठमाडौं आएको थियो। स्वास्थ्य मन्त्रालयका अनुसार यो खोप बालबालिकालाई ०.२ एमएलका दरले दुई डोज दिइनेछ।

बुधबारदेखि सुरु भएको पहिलो चरणअन्तर्गत काठमाडौं उपत्यकासहित २७ जिल्लामा असार ९ देखि १५ गतेसम्म पहिलो मात्रा खोप दिइनेछ भने दोस्रो मात्रा आगामी साउन २ देखि ८ गतेसम्म दिइने छ । बाँकी जिल्लामा भने भदौ ५ गतेदेखि ११ गतेसम्म पहिलो मात्रा र भदौ २७ देखि असोज १ गतेसम्म दोस्रो मात्रा खोप दिने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तयारी छ।



Leave a Reply

Your email address will not be published.