ट्रमा सेन्टरको निमित्त मेसुमा डा प्रमोद यादव

काठमाडौं–सरकारले राष्ट्रिय ट्रमा सेन्टरको निमित्त मेडिकल सुपरिटेन्डेन्टमा डा प्रमोद यादवलाई नियुक्त गरेको छ। डा यादवले बिहीबारै कार्यभार सम्हालिसकेका छन्। डा यादव यसअघि मधेश प्रदेश प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट थिए।
ट्रमाका निमित्त मेडिकल सुपरिटेन्डन्ट डा प्रमोद जोशीलाई भने प्रस्तावित गेटा मेडिकल कलेजको अस्पतालको निर्देशकमा पठाइने भएको छ। सरकारले गेटामा अस्पताल सञ्चालन गर्ने निर्णय तयारी गरेको छ।