सुदर्शन देवकोटा स्मृति दोस्रो राष्ट्रिय स्वास्थ्य पत्रकारिता पुरस्कार सुनारलाई

हेल्थपोस्ट नेपाल

काठमाडौं- ‘सुदर्शन देवकोटा स्मृति दोस्रो राष्ट्रिय स्वास्थ्य पत्रकारिता पुरस्कार-२०७९’ बाट पत्रकार पवित्रा सुनार पुरस्कृत भएकी छिन्।

दुई दशकदेखि पत्रकारितामा सक्रिय सुनार ३० हजार रुपैयाँ राशी र प्रमाणपत्रसहित पुरस्कृत भएकी हुन्। सुदर्शन शारदा देवकोटा स्मृति फाउण्डेसनले स्वास्थ्य पत्रकार मञ्च नेपालसँगको सहकार्यमा उक्त पुरस्कारको स्थापना गरेको हो। स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री भवानीप्रसाद खापुङ र फाउण्डेसनकी अध्यक्ष डा सुधा देवकोटाले काठमाडौंमा आयोजित एक कार्यक्रममा उक्त पुरस्कार हस्तान्तरण गरे।

फाउण्डेसनकी अध्यक्ष देवकोटाले स्वर्गीय बुवा सुदर्शन देवकोटाको सम्झनामा वर्षेनी उक्त पुरस्कार प्रदान गरिने बताइन्। यसअघि पत्रकार सपना पौडेल उक्त पुरस्कारबाट पुरस्कृत भएकी थिइन्।



Leave a Reply

Your email address will not be published.