पोखराको नीति तथा कार्यक्रमः ४ वर्षभित्र सुविधासम्पन्न मेट्रो अस्पताल निर्माण गरिने [स्वास्थ्यका १६ बुँदासहित]

हेल्थपोस्ट नेपाल

काठमाडौं–पोखरा महानगरले आधारभूत स्वास्थ्य सेवामा सबै नागरिकको पहुँच सुनिश्चित गर्दै स्वास्थ्य सेवालाई निःशुल्क, सर्वसुलभ र गुणस्तरीय बनाउने उल्लेख गर्दै ३३ वटै वडाहरुमा आधारभूत स्वास्थ्य सेवा केन्द्र स्थापना र सञ्चालन गर्ने घोषणा गरेको छ।

बुधबार सार्वजनिक नीति तथा कार्यक्रममा महानगरको एकमात्र अस्पताल, शिशुवा अस्पतालमा विशिष्टिकृत अस्पतालको रुपमा विकास गर्ने नीति लिइने र आगामी ४ वर्षभित्र एक सुविधासम्पन्न मेट्रो अस्पताल निर्माण गर्न आवश्यक कदम अघि बढाइने उल्लेख छ।

यस्तै, महामारी रोकथाम पूर्वतयारी योजना निर्माण गरी स्रोत साधनसहितको प्रतिकार्य समूह निर्माण गर्ने, स्वास्थ्य सामग्री खरिद प्रक्रियालाई योजनाबद्ध र पारदर्शी बनाइने र स्वास्थ्य संस्थाहरुमा अत्यावश्यक औषधिको कमी हुन नदिने व्यवस्था मिलाइने नीति तथा कार्यक्रममा उल्लेख छ।



Leave a Reply

Your email address will not be published.