काठमाडौंमा हैजा रोकथाम तथा नियन्त्रणका लागि छानबिन टोली गठन

काठमाडौं- जिल्ला जनस्वास्थ्य कार्यालय काठमाडौंले हैजाको रोकथाम तथा नियन्त्रणका लागि छानबिन टोली गठन गरेको छ।
स्वास्थ्य कार्यालय प्रमुख वसन्त अधिकारीको संयोजकत्वमा तीन सदस्यीय छानबिन टोली गठन गरिएको हो।
काठमाडौं हैजाको जोखिममा रहेको भन्दै यसको नियन्त्रण तथा रोकथामका लागि टोली गठन गरिएको जनाइएकाे छ। काठमाडाैंमा केही दिनअघि बागबजार क्षेत्रका २ जनामा र अन्य २ जनामा हैजा पुष्टि भइसकेकाे छ। विज्ञहरुले काठमाडाैंमा हैजा महामारीकाे जाेखिम रहेकाे बताएका छन्।