काठमाडौंमा थप २ जनामा हैजा पुष्टि, महामारी फैलने जाेखिम

हेल्थपोस्ट नेपाल

काठमाडौं–काठमाडौंमा थप दुई जनामा हैजा पुष्टि भएको छ। शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा उपचाररत थप दुई जनामा हैजा पुष्टि भएको हो। यसले काठमाडौंमा हैजाको महामारी फैलनसक्ने जोखिम बढेको चिकित्सकहरुले जनाएका छन्।

यसअघि बागबजारमा बस्ने एकै परिवारका दुई जनामा हैजा पुष्टि भएको थियो। इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले हैजा पुष्टि भएको बागबजार क्षेत्रको ढल,पानी, खाद्यलगायतको नमूना संकलन गरिरहेको छ।

भिब्रियो कलेरा नामक ब्याक्टेरियाका माध्यमबाट लाग्ने हैजा पानीजन्य सरुवा रोग हो र यो दूषित पानी वा खाद्य पदार्थ सेवन गर्दा सर्छ। संक्रमण भएको एक घण्टादेखि पाँच दिनसम्म लक्षण देखिन्छ। तारन्तार चौलानी जस्तो सेतो पानी जस्तो देखिने दिसा लाग्ने, शरीर कमजोर हुने मांशपेशी बाउँडिने, बान्ता हुने र थकाइ महसुस हुने हैजाका लक्षण हुन्।

समयमै उपचार नपाएमा शरीरमा पानीको मात्रा कमी भई रक्तचाप कम हुने, मिर्गौला फेल हुने, मुटुमा असर गर्ने, ग्लुकोज कम हुने हुन्छ। समयमा उपचार नपाएमा केही घण्टामै मृत्युसमेत हुने जोखिम रहन्छ ।



Leave a Reply

Your email address will not be published.