हब तथा स्याटेलाइट अस्पताल सञ्जाल राष्ट्रिय सम्मेलनको यस्तो छ ११ बुँदे घोषणापत्र

काठमाडौं–स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गत जेठ २८ र ३० गते काठमाडौंमा सम्पन्न ‘हब तथा स्याटेलाइट अस्पताल सञ्जालको राष्ट्रिय सम्मेलन’ को ११ बुँदे घोषणापत्र सार्वजनिक गरेको छ।
घोषणापत्रअनुसार अस्पतालको विपद् पूर्वतयारी र प्रतिकार्यको योजनालाई नियमित अद्यावधिक गर्ने र अस्पतालले आफ्ना सबै कर्मचारीलाई वार्षिक रुपमा सम्बन्धित अस्पतालले सोको अभिमुखीकरण गर्ने, हब तथा स्याटेलाइट अस्पतालका स्रोत साधन नियमित रुपमा अद्यावधिक गर्ने तथा हब अस्पतालले आफ्नो वार्षिक कार्ययोजनामा राखी नियमित रुपमा हब तथा स्याटेलाइट अस्पतालबीच स्वास्थ्य आपतकालीन कार्यसञ्चालन केन्द्रको उपस्थितिमा समन्वय बैठक सञ्चालन गर्ने उल्लेख छ।