कोरोना निको भएकामा ‘लङ कोभिड’ को समस्या

हेल्थपोस्ट नेपाल

काठमाडौं–कोरोना संक्रमण सुरु भएयताका २ वर्षमा भारतमा संक्रमणमुक्त भएका ४ करोडमा मानिसमा ‘लङ कोभिड’ का लक्षण देखिएको छ। समाचार एजेन्सी एएनआइका अनुसार यसबारेको रिपोर्ट अझै प्रकाशित भएको छैन भने समीक्षा गर्न पनि बाँकी नै छ।

विज्ञका अनुसार कोरोनाका संक्रमितमा चार साता या त्योभन्दा बढी समयपछि केही स्वास्थ्य समस्या देखिन सक्छ। कोभिडका बिरामीमा देखिएको यस्तो स्थितिलाई ‘लङ कोभिड’ भनिन्छ। केही अध्ययनका अनुसार संक्रमित भएको ६ देखि १२ महिनापछि पनि लङ कोभिड देखिन्छ।

यस्ता अधिकांश बिरामीमा अत्यधिक थकान, श्वासप्रश्वासका समस्या, ध्यान केन्द्रित नसक्नु, जोर्नी दुख्नेजस्ता समस्या देखिन्छन्। यस्ता बिरामीहरु संक्रमणमुक्त भइसकेपछि पनि स्वस्थ महसुस गर्दैनन् र दैनिक कार्य गर्न समर्थ रहँदैनन्।

अन्तर्राष्ट्रिय अनुसन्धानकर्ताहरुको एक समूहले लङ कोभिडका मुख्य तीन लक्षण थकान, एकाग्रतामा कमी र श्वास लिन समस्याका बारेमा अध्ययन गरेको थियो। अनुसन्धानका क्रममा ४४ भन्दा बढी अध्ययन र अन्य मेडिकल रेकर्डको डाटाबेसको विश्लेषण गरिएको थियो। जसमा २०४ देशका प्रमुख स्वास्थ्य समस्याको तथ्यांक पनि लिइएको थियो।

अध्ययनमा पाइएअनुसार सन् २०२० र २०२१ मा १४.४७ करोड मानिसहरु कम्तीमा पनि तीनमध्ये एक लक्षणबाट प्रभावित भएको पाइएको थियो। जसमा ६०.४ प्रतितशत मानिसहरु रुघाखोकी र श्वासप्रश्वासको समस्याबाट पीडित भएका थिए। यस्तै, ५० प्रतिशत मानिसहरु जोनी दुख्ने, थकान र निराश हुने समस्याबाट पीडित थिए। ध्यान केन्द्रित गर्न नसक्ने समस्या ३५.४ प्रतिशतमा देखिएको थियो।

यस्तै, २० देखि २९ वर्षका महिलामा लङ कोभिडको समस्या पाइएको थियो भने बालबालिकामा पनि यस्तो समस्याबाट प्रभावित रहेको पाइएको थियो।



Leave a Reply

Your email address will not be published.