थप २८ जनामा कोरोना संक्रमण, १० निको भए

हेल्थपोस्ट नेपाल

काठमाडौं–नेपालमा पछिल्लो २४ घण्टामा थप २८ जनामा कोरोना संक्रमण देखा परेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ९१४ जनाको नमुना परीक्षण गरिएकोमा उक्त संख्यामा संक्रमण देखिएको हो।

उक्त अवधिमा १० जना संक्रमणमुक्त भएका छन्। हाल नेपालमा सक्रिय संक्रमितको संख्या १२० छ। २४ घण्टामा १ लाख ४७ हजार ५५४ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन्।



Leave a Reply

Your email address will not be published.