भारतमा एकै दिन थपिए १२७८१ कोरोना संक्रमित

हेल्थपोस्ट नेपाल

नयाँदिल्ली–भारतमा एकै दिन थप १२ हजार ७८१ जनामा कोरोना संक्रमण देखा परेको छ। गत २४ घण्टा अवधिमा थपिएको यो संख्या तीन महिनापछि सबैभन्दा धेरै हो।

भारतमा गत बुधबारबाट संक्रमितको संख्या १२ हजार नाघेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले सोमबार जनाएको छ।

यसैवर्षको फेब्रुअरी २६ मा भारतमा ११ हजार ४९९ कोभिड संक्रमित थपिएका थिए। भारतमा आइतबार १२ हजार ७८१ कोरोना संक्रमित थपिएपछि सन् २०२० को मार्चबाट शुरु भएको कोरोना संक्रमितको कूल संख्या चार करोड ३३ लाखभन्दा बढी पुगेको छ।

यसमध्ये ७६ हजार ७ सय सक्रिय संक्रमित रहेको समाचारमा जनाइएको छ। पछिल्लो एक दिनमा आठ हजार ५१८ कोरोनामुक्त भएका छन्। कोरोना भाइरस निको हुने दर ९८.६२ प्रतिशत रहेको छ ।

कोरोना महामारीबाट आइतबार भारतमा १८ को मृत्यु भएको छ। यससँगै महामाहरीको कारण पाँच लाख २४ हजार ८५० भन्दा बढीको मृत्यु भएको समाचारमा जनाइएको छ।

 



Leave a Reply

Your email address will not be published.