काठमाडौंमा देखियो हैजा, सतर्क रहन उपत्यकावासीलाई इपिडिमियोलोजी विभागको आग्रह

हेल्थपोस्ट नेपाल

काठमाडौं–टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा भर्ना भएका दुई जनामा हैजाका जीवाणु फेला परेको छ। यही असार २ गते झाडापखालाको लक्षण देखिएर भर्ना भएका १८ र २३ वर्षीयमा हैजाका जीवाणु पत्ता लागेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो।

दुवै बिरामी काठमाडौं महानगर वडा नम्बर २८ बागबजारमा बसोबास गर्दै आइरहेका एकै परिवारका सदस्य भएको जनाइएको छ।

काठमाडौंमा हैजा देखिएपछि इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले उपत्यकावासीलाई सतर्क रहन र हैजासम्बन्धी कुनैपनि लक्षण देखिए नजिकको स्वास्थ्य संस्थामा सम्पर्क राख्न आग्रह गरेको छ।



Leave a Reply

Your email address will not be published.