काठमाडौं महानगरको नीति तथा कार्यक्रमः विशेषज्ञ चिकित्सा सेवामा सर्वसाधारणको पहुँच वृद्धि गरिने [विवरणसहित]

हेल्थपोस्ट नेपाल

काठमाडौं–काठमाडौं महानगरपालिकाले उपत्यकाभित्र रहेका सरकारी तथा निजी अस्पतालसँग समन्वय गरी विशेषज्ञ चिकित्सा सेवामा सर्वसाधारण नागरिकको पहुँच वृद्धि गर्ने घोषणा गरेको गरेको छ। महानगरको नीति तथा कार्यक्रम आइतबार प्रस्तुत गर्दै मेयर बालेन्द्र शाहले यस्तो घोषणा गरेका हुन्।

उनले महानगर क्षेत्रभित्रका निजी तथा आवासीय विद्यालयमा कम्तीमा एक चिकित्सकको व्यवस्था गरिने, स्वास्थ्यमा गुणस्तर र पहुँच अभिवृद्धि गर्न महानगर जनस्वास्थ्य ऐन जारी गर्ने र सहरी स्वास्थ्य क्लिनिकलाई सहरी स्वास्थ्य केन्द्रमा रुपान्तरण गरिने घोषणा गरेका छन्

यस्तै, महानगरका करदाताको स्वास्थ्य बिमाको प्रबन्ध मिलाउने र बिमा शुल्कको बढीमा ५० प्रतिशत योगदान उपलब्ध गराइने पनि मेयर शाहले बताएका छन्।

नागरिक आरोग्यताका लागि सचेतना कार्यक्रम सन्चालन गरिने, क्यालोरीमा आधारित उपभोग प्रणाली लागू गर्न होटल, रेष्टुँरा, भोजनालयलाई त्यस्तो कार्यमा प्राविधिक सहयोग उपलब्ध गराइने, विपन्नलाई अस्पतालमा निःशुल्क बेडको व्यवस्था गर्ने, एकीकृत एम्बुलेन्स सेवा सन्चालन गर्ने र महानगर क्षेत्रभित्रका सबै स्वास्थ्य संस्थाको अभिलेख व्यवस्थित गर्ने घोषणा पनि मेयर शाहले गरेका छन्।

यस्तै, ७० वर्षमाथिका ज्येष्ठ नागरिकलाई घरमै गएर स्वास्थ्य परीक्षण र औषधि वितरण गरिने नीति तथा कार्यक्रममा उल्लेख छ।



Leave a Reply

Your email address will not be published.