दुर्गा प्रसाईंको घोषणा–नेपालमा दिएनन्, अब दुबईंमा ५ सय डाक्टर पढाउने मेडिकल कलेज खोल्छु

हेल्थपोस्ट नेपाल

काठमाडौं–झापाको बिर्तामोडस्थित बीएण्डसी अस्पतालका सञ्चालक दुर्गा प्रसाईंले अब दुबईमा मेडिकल कलेज खोल्ने बताएका छन्।

अस्पतालमा आइतबार आयोजित एक कार्यक्रममा प्रसाईंले दुबईमा पाँच सय डाक्टर पढाउने मेडिकल कलेज र २५ सय नर्स पढाउने नर्सिङ कलेज स्थापना गर्ने घोषणा गरेका हुन्।

उनले भने, ‘मलाई नेपालमा मेडिकल कलेज सञ्चालन गर्न दिएनन्। बिएण्डसी दुबई भनेर म त्यहाँ मेडिकल कलेज खोल्छु । हामीले बिएण्डसी दुबई भनेर एक अर्कामा मेडिकल कलेज खोल्ने समझदारी गरेका छौँ।’

नेपाल भ्रमणमा रहेका दुबईका शेख मोहम्मद मक्तोउम जुमाला मक्तोउम र आफूबीच यस विषयमा आपसी समझदारी पनि भएको उनले बताएका छन्।



Leave a Reply

Your email address will not be published.