डा सरिसा श्रेष्ठले जितिन् मिस नेपाल अर्थको उपाधि

काठमाडौं–शनिबार साँझ भएको मिस नेपाल २०२२ को फाइनल प्रतिस्पर्धामा डा सरिसा श्रेष्ठले मिस नेपाल अर्थको उपाधि जितेकी छन्। २४ फाइनलिस्टमध्ये उनले मिस नेपाल अर्थको उपाधि जितेकी हुन्। उनले अब मिस अर्थमा नेपालको प्रतिनिधित्व गर्नेछिन्।
यसपटक ६ जना चिकित्सक मिस नेपालका २४ फाइनलिस्टमध्ये बन्न सफल भएका थिए।
यस्तै, मिस नेपाल वल्र्ड २०२२ को प्रमुख उपाधि भने प्रियंका रानी जोशीले जितेकी छन्। उनले मिस वल्र्डमा नेपालको प्रतिनिधित्व गर्नेछिन्। मिस नेपाल इन्टरनेशनलको उपाधि न्यान्सी खड्काले जितेकी छन्।