बढ्दो उमेरमा नाक, कान, घाँटीको समस्या

विश्वमा मानिसहरुको औसत आयु लगातार वृद्धि भइरहेको छ। जसका कारण अनेक छन्। सन् २०३० मा ६ जनामा एक जनाको आयु ६० वर्षभन्दा माथिको हुनेछ। हाम्रो देशमा ६० वर्षभन्दा माथिका व्यक्तिहरुको संख्या ९ प्रतिशतभन्दा बढी छ। कुनै पनि प्राणीको उमेर ढल्कने प्रकृतिको जैविक नियम हो।

शरीर विभिन्न किसिमका कोषाणुबाट सिर्जित हुन्छ। जब यिनीहरुको कार्य, उद्देश्य पूरा हुन्छ, कोशिकाहरु बिस्तारै सुस्त भई काम गर्न छाड्छन्। चाँडै निको हुँदैनन्। अनि शरीरमा पनि बिस्तारै बुढ्यौलीका लक्षण देखा पर्न थाल्छ। बुढ्यौलीले हाम्रो शरीरमा विभिन्न तरिकाले परिवर्तन गराइरहेको हुन्छ। सबै अंग प्रत्यंगमा उमेरका लक्षण देखिन्छन्।

कानमा बजेको आवाज दिमागसम्म पुर्‍याउने नशाहरु पनि बिस्तारै सुक्दै जान्छन् । यसले गर्दा कुरा सुनिने तर नबुझिने हुन्छ। हाम्रो भित्री कान दिमागनजिकै रहेको हुन्छ। यसले आवाजलाई दिमागसम्म पुर्‍याउनुका अलावा शरीरलाई सन्तुलनमा राख्न मद्धत पुग्छ।

भित्री कानुमा कुनै खराबी भएमा हामीलाई चक्कर वा रिंगटा लाग्छ। यसको साथै वाकावकी लाग्ने, उल्टी हुने, कान कराउने र पसिना आउने पनि हुन्छ। कानमा लगातार कीरा कराएको जस्तो आवाज आइराख्ने पनि बढ्दो उमेरको अर्को समस्या हो। यस्तो आवाज चर्को आइरहे वा लगातार भएमा मनोवैज्ञानिक समस्या पनि निम्तन सक्छ।

यस्तो लक्षणले कुनै भौतिक समस्या नगरे पनि यसको कुनै भरपर्दो उपचार पद्धति छैन। किनभने प्राकतिक तरिकाबाट खिइएका कोषिकाहरुलाई पुनःजीवित गर्न सकिँदैन। हालको ग्रन्थी सुक्नाले कानको प्वाल चिलाउने पनि अर्को समस्या हो । यस्तो कान धेरै सफा गर्नुहुँदैन। नत्र पाक्न, दुख्न थाल्छ। कानु सुख्खा भयो भने तेल हाल्नु राम्रो होइन। उमेरमा देखिने अर्को समस्या हो, नाकको एलर्जी, नाक बन्ँद हुनु, नाकबाट रगत आउनु, पिनास हुनु आदि। यस्ता समस्याहरुको लागि सम्बन्ध्ति चिकित्सकसँग परामर्श लिइहाल्नुपर्छ।

उमेर ढल्केपछि मुख पोल्ने, मुख खस्रो हुने, निल्न गाह्रो हुने हुनसक्छ। यस्तो प्रायः पेटको समस्या, हर्मोनको असन्तुलन वा थुक्ने ग्रन्थी सुकेर वा अन्य कारणहरुले हुन्छ। यसको निदानका लागि मुख सफा राख्ने, पानी राम्रो मात्रामा पिउने र सन्ुतलित खानाको अभ्यास गर्नुपर्छ। आवाज धोत्रो हुने, र्‍याल बढी आउने अर्को समस्या हो। यसबाहेक नाक, कान र घाँटीको ट्युमर पनि बढुदो उमेरमा नै बढी देखिन्छ। कुनै पनि समस्या दुई हप्तासम्म रहन्छ वा कम भएको छैन भने चिकित्सकको परामर्श लिइहालनुपर्छ। बढ्दो उमेरलाई रोक्न सकिन्न। तर समयमै उचित परामर्श लिएर रोगको घातकता र जटिलतालाई कम गर्दै रोग निको पार्न सकिन्छ।



Leave a Reply

Your email address will not be published.