मिस नेपालको फाइनल आज, ६ डाक्टर पनि प्रतिस्पर्धामा

हेल्थपोस्ट नेपाल

काठमाडौं–मिस नेपाल २०२२ को फाइनल प्रतिस्पर्धा आज हुँदैछ। फाइनलमा पुगेका २४ प्रतिस्पर्धीमध्ये ६ जना चिकित्सक छन्।

३ नम्बरकी दिलाशा डोटेल, ५ नम्बरकी आयुशनोभा ढुंगाना, ७ नम्बरकी मेरिका बाँस्तोला, १४ की सरिषा श्रेष्ठ, १८ की यशस्वी श्रेष्ठ र २३ नम्बरकी गंगा गुरुङ चिकित्सक हुन्।

फाइनलिस्टमध्ये मिस नेपाल वर्ल्ड, मिस नेपाल इन्टरनेसनल र मिस नेपाल अर्थ छानिनेछन्। यसबाहेक विभिन्न विधाका उत्कृष्टलाई पनि पुरस्कृत गरिनेछ।
मिस नेपाल आयोजक हिडन ट्रेजरका प्रमुख दिवाकर राजकर्णिकारले विभिन्न पेशा व्यवसायका सुन्दरीको सहभागिताले प्रतियोगितालाई समावेशी बनाएको बताए।



Leave a Reply

Your email address will not be published.