नेपालमा पनि भेटिए मंकीपक्सका शंकास्पद बिरामी

काठमाडौं–नेपालमा पनि मंकीपक्सका शकास्पद बिरामी भेटिएका छन्। दुबईबाट आएका एक व्यक्तिमा मंकीपक्स भाइरस संक्रमणको शंका भएपछि टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा भर्ना गरी उपचार सुरु गरिएको छ।
२६ वर्षीय ती व्यक्ति रसुवाका भएको बताइएको छ। उनको स्वाब परीक्षण भइरहेको छ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हेल्थ डेस्कमा परीक्षणका क्रममा उनमा मंकीपक्सको संका देखिएको हो।