स्कूले बालिकालाई वातावरणमैत्री स्यानिटरी प्याड वितरण

हेल्थपोस्ट नेपाल

काठमाडौं–जर्मनीको सहयोगमा सञ्चालित चान्सन फाउण्डेसनले भक्तपुर तथा काभ्रेका विभिन्न विद्यालयका बालिकाहरुलाई वातावरणमैत्री स्यानिटरी प्याड वितरण गरेको छ।

संस्थाले भक्तपुरको गणेश स्कुल तथा काभ्रेको बाल आदर्श मावि एवं चक्रज्योति माविका विद्यार्थीलाई वातावरणमैत्री (पुनः प्रयोग गर्न मिल्ने) ५ सय स्यानिटरी प्याड वितरण गरेको हो।

विश्व वातावरण दिवसका अवसरमा आयोजित कार्यक्रममा डा निवेदिता प्रधान र प्रोमी श्रेष्ठले महिनावारी स्वच्छता र स्यानिटरी न्याप्किनको उपयुक्त व्यवस्थापनका बारेमा सचेतना कार्यशाला गरेका थिए। प्रकृतिको संरक्षण र महिला सशक्तीकरणका लागि यस्तो कार्यक्रम आयोजना गरिएको फाउन्डेसनका अध्यक्ष नरेशबहादुर धौवन्जारले बताए। कार्यक्रममा भारतको बनारसस्थित आरएस वर्ल्ड स्कूलका संस्थापक एवं युथ लिडर आयुष जैसवाल पनि सहभागी थिए।

चान्सन फाउन्डेसन (Chancen Foundation) ले हाल गरिब तथा असहाय ४३ बालबालिकालाई छात्रवृत्ति उपलब्ध गराएर सहयोग गर्दै आएको छ।

 



Leave a Reply

Your email address will not be published.