भारतमा एकै दिन थपिए १२ हजार काेराेना संक्रमित

हेल्थपोस्ट नेपाल

भारतमा कोरोना भाइरसबाट थप १२ हजार २१३ जना सङ्क्रमित भएका छन्। बुधबार मध्यराति अर्थात् गत २४ घण्टाको समयाअवधिमा भएको कोरोना सङ्क्रमति यो सङ्ख्या तीन महिनापछिको धेरै हो।

यस वर्षको फेब्रुअरी २६ मा भारतमा ११ हजार ४९९ कोभिड १९ सङ्क्रमित थपिएका थिए। गत बुधबार भारतमा आठ हजार ६४१ जना कोरोना सङ्क्रमित भएका थिए । भारतमा हाल कोरोनाका कुल सङ्क्रमितको सङ्ख्या ४ करोड ३२ लाख ५७ हजार ७३० पुगेको छ ।

हाल भारतमा ५८ हजार २१५ सक्रिय सङ्क्रमित छन्। सक्रिय सङ्क्रमितको यो सङ्ख्या कुल सङ्क्रमितको ०.१३ प्रतिशत हो ।

पछिल्लो एक दिनमा सात हजार ६२४ कोरोना भाइरसबाट सङ्क्रमणमुक्त भएका छन्। योसँगै भारतमा अहिलेसम्म सङ्क्रमणमुक्त भएकाको कुल सङ्ख्या चार करोड २६ लाख ७४ हजार ७१२ पुगेको छ। कोरोना भाइरस निको भएको यो दर ९८.६५ प्रतिशत रहेको छ।

कोरोना महामारीबाट बुधबार भारतमा ११ जनाको मृत्यु भएको छ। यसैसँगै कोरोना शुरु भएयता हालसमम भारतमा ५ लाख २४ हजार ८०३ जनाको मृत्यु भएको छ।

भारतमा सन् २०२१ को जनवरी महिनाबाट कोरोनाविरुद्ध खोप अभियान सुरु भएको थियो। सो समयदेखि हालसम्म एक अर्व ९५ करोड ६७ लाख डोज खोप लगाइएको समाचारमा जनाइएको छ।



Leave a Reply

Your email address will not be published.