मधेशकाे बजेटमा स्वास्थ्यः मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई गौरवको योजनाको रुपमा विकास गरिने [पूर्ण पाठसहित]

हेल्थपोस्ट नेपाल

काठमाडौं–मधेश प्रदेशले प्रदेशका आठै जिल्लामा रहेका ७२ वटा सरकारी स्वास्थ्य प्रयोगशालाको सुदृढीकरण तथा गुणस्तर अभिवृद्धिका लागि पूर्वाधार निर्माण, थप जनशक्ति र उपकरणको व्यवस्थाका लागि १२ करोड ११ लाख विनियोजन गरेको छ।

आज प्रस्तुत आगामी आर्थिक वर्षको बजेटमा मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई प्रादेशिक गौरव आयोजनाको रुपमा विकास गर्न २८ करोड विनियोजन गरिएको छ।

यस्तै, स्वास्थ्य सेवालाई जनस्तरसम्म पु¥याउन स्वास्थ्य केन्द्रहरुमा कम्तीमा एक–एक जना एमबीबीएस चिकित्सक सेवा उपलब्ध गराउने र टोल क्लिनिक सेवा सञ्चालनमा ल्याउन १५ करोड ५१ लाख विनियोजन गरिएको छ। धनुषाको नगराइनमा सहिद दुर्गानन्द झा बाल अस्पताल निर्माणका लागि २ करोड विनियोजन गरिएको छ भने सप्तरीको तिलाठीमा नाक कान घाँटी अस्पताल निर्माणका लागि ६ करोड छुट्याइएको छ।

वैकल्पिक उपचार पद्धतिको विकासका लागि ८ करोड विनियोजन गरिएको छ भने प्रादेशिक अस्पताल जलेश्वर र लहानको बेड क्षमतालाई ५० शैयामा विस्तार गरिने बजेटमा उल्लेख छ।

 



Leave a Reply

Your email address will not be published.