आइओएमले भन्यो–मौका परीक्षाको माग पूरा गर्न सकिँदैन

हेल्थपोस्ट नेपाल

काठमाडौं–त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) डिन कार्यालयले आन्दोलनरत विद्यार्थीका माग पूरा गर्न नसक्ने जनाएको छ। मौका परीक्षाको माग राख्दै विद्यार्थीहरु आन्दोलनमा उत्रिएपछि मंगलबार एक सूचना सार्वजनिक गर्दै आइओएमले यस्तो बताएको हो।

गत जेठ ३१ गते बसेको परीक्षा सन्चालन समितिको बैठकले मौका परीक्षाको व्यवस्था गर्न नमिल्ने स्पष्ट पारेको हो।

आइओएम डिन कार्यालयले व्यारिअर सिस्टमअनुसार एमबीबीएस, बीडीएस शैक्षिक कार्यक्रमका दोस्रो वर्षको परीक्षामा विद्यार्थीले ४ पटकको उपस्थितिमा उत्तीर्ण हुन नसकेको अवस्थामा उनीहरुलाई स्वतः शैक्षिक कार्यक्रमबाट विद्यार्थीको त्रिवि दर्ता रजिस्ट्रेसन हटाइने भएकाले मौका परीक्षा दिन नमिल्ने जनाएकोहो।

ब्यारिअरमा परेका एमबीबीएस, बीडीएस शैक्षिक कार्यक्रमका विद्यार्थीका लागि तत्काल मौका परीक्षाको व्यवस्था गर्नुपर्ने, पुनः परीक्षा र मौका परीक्षा गराउने सम्बन्धमा स्ववियु र संस्थानबीच भएको सहमति कार्यान्वयन गर्नुपर्ने र नेपालका अरु मेडिकल युनिभर्सिटीअनरुपको परीक्षा प्याट्रन कायम गराउनुपर्नेलगायतका मागसहित विद्यार्थीहरु ६ दिनदेखि आमरण अनसनमा छन्।

आन्दोलनलाई विभिन्न विभिन्न विद्यार्थी संगठनले समर्थन गरेका छन्।



Leave a Reply

Your email address will not be published.