टेकु अस्पतालमा कुष्ठरोग उपचार सेवा सुरु

काठमाडौं–टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा कुष्ठरोगका बिरामीको समेत उपचार सुरु गरिएको छ। यसअघि कुष्ठरोगको उपचारका लागि आनन्दवन अस्पताल लेलेमा मात्र सुविधा रहेकोमा टेकुमा पनि उपचार सुरु गरिएको हो।
सबै प्रकारका सुविधासहित कुष्ठरोगको उपचार सुरु गरिएको अस्पतालले जनाएको छ। कुष्ठरोगका लागि अस्पतालमा रिफरल क्लिनिक र टेलिमेडिसिन केन्द्र स्थापना गरिएको छ।