हार्भर्ड मेडिकल स्कुल विश्वकै उत्कृष्ट मेडिकल स्कूलकाे शीर्ष स्थानमा, यी हुन् उत्कृष्ट सय मेडिकल स्कूल [सूचीसहित]
![हार्भर्ड मेडिकल स्कुल विश्वकै उत्कृष्ट मेडिकल स्कूलकाे शीर्ष स्थानमा, यी हुन् उत्कृष्ट सय मेडिकल स्कूल [सूचीसहित]](https://www.healthpostnepal.com/wp-content/uploads/2022/06/medical-school.jpg)
काठमाडौं–हार्भर्ड मेडिकल स्कूल विश्वकै उत्कृष्ट मेडिकल स्कूलमा परेको छ। ‘सीइओवर्ल्ड’ पत्रिकाले प्रकाशित गरेको सन् २०२२ को सूचीअनुसार जोन्स हप्किन्स युनिभर्सिटी स्कूल अफ मेडिसिनले दोस्रो र एनवाईयु ग्रसम्यान स्कुल अफ मेडिसिनले तेस्रो स्थान बनाएका छन्।
यस्तै, युनिभर्सिटी अफ पेन्सिलभेनियाको पेरेलम्यान स्कुल अफ मेडिसिन चौथो र कोलम्बिया युनिभर्सिटी भागेलोस कलेज अफ फिजिसियन्स एण्ड सर्जन पाँचौ स्थानमा रहेका छन्। स्टानफोर्ड युनिभर्सिटी स्कूल अफ मेडिसिन छैटौं र डेभिड गेफेन स्कूल अफ मेडिसिन सातौ स्थानमा रहन सफल भएका छन्।
आठौंमा मायो क्लिनिक एलिक्स स्कूल अफ मेडिसिन, नवौंमा वाशिङटन युनिभर्सिटी स्कूल अफ मेडिसिन र दशौंमा युसीएसएफ स्कूल अफ मेडिसिन रहेका छन्।
सूचीमा उत्कृष्ट २१ स्थानमा रहेका मेडिकल स्कूलहरु सबै अमेरिकाकै छन् भने २२ औंमा भारतको अल इण्डिया इन्सिच्युट अफ मेडिकल साइन्सेज (एम्स) रहन सफल भएको छ। एम्सको स्कोर ८६.६ रहेको छ।