अस्पताल सेवालाई सबलीकरण गर्न बागमती प्रदेशमा ४ वटा डिस्प्याच सेन्टर सञ्चालन गर्ने तयारी

हेल्थपोस्ट नेपाल

काठमाडौं–बागमती प्रदेश स्वास्थ्य निर्देशनालयले प्रदेशभित्रको अस्पताल सेवालाई सबलीकरण गर्न ४ वटा डिस्प्याच सेन्टर निर्माण गर्ने भएको छ।

आइतबार स्वास्थ्य मन्त्रालयद्वारा आयोजित ‘हब तथा सेटेलाइट अस्पताल नेटवर्किङ’ सम्बन्धी राष्ट्रिय सम्मेलनमा निर्देशनालयका डा शम्भु काफ्ले यस्तो जानकारी दिएका हुन्।

उनले डिस्प्याच सेन्टर उपत्यका, धुलिखेल, धादिङ र हेटौंडामा सञ्चालन गर्ने जानकारी दिएका हुन्। उनका अनुसार आगामी दुई महिनाभित्र पूर्ण डिस्प्याच सेन्टर सञ्चालनमा ल्याइने बताए।

यस्तै, प्रदेशभर ५९८ एम्बुलेन्स सञ्चालनमा रहेको पनि उनले जानकारी दिए। जसमध्ये २७० वटामा जीपीएस जडान भइसकेको र बाँकी ३२८ मा जडान गर्ने क्रममा रहेको उनले बताए।

उनले जिल्ला एम्बुलेन्स सञ्चालन समिति, एम्बुलेन्स सञ्चालक तथा चालकलाई पनि ओरियन्टेसन दिइने पनि जानकारी दिए।

हाल प्रदेशमा ८ वटा हब (रेफरल) अस्पताल र ४७ वटा सेटेलाइट अस्पताल रहेको जनाइएको छ। सेटेलाइटमा ५० बेडभन्दा माथिका सरकारी तथा गैरसरकारी संस्थालाई पनि संलग्न गराइएको छ। हब अस्पतालम काठमाडौं उपत्यकामा ६ वटा र भरतपुर र धुलिखेल गरी उपत्यकाबाहिर २ वटा छन्।



Leave a Reply

Your email address will not be published.