गंगालाल हृदय केन्द्रले ठूलो संख्यामा माग्यो चिकित्सक, प्रशासन तथा प्राविधिक जनशक्ति

काठमाडौं–सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रले विभिन्न विषयका चिकित्सक तथा प्राविधिकका लागि आवेदन आव्हान गरेको छ।
अस्पतालले वरिष्ठ कन्सल्ट्यान्ट कार्डियाक सर्जन, कन्सल्ट्यान्ट पिडियाट्रिक कार्डियोलोजिस्ट, कन्सल्ट्यान्ट कार्डियोलोजिस्ट, रेडियोलोजिस्ट, कन्सल्यानट एनेथेसिस्ट, कार्डियाक सर्जन रजिस्ट्रार, वरिष्ठ नर्सिङ सुपरभाइजर, प्रशासन उपप्रमुख, वरिष्ठ अस्पताल फार्मासिस्ट, प्रशासन सहायक, वरिष्ठ स्वास्थ्य सहायक, वरिष्ठ लेखा सहायक, वरिष्ठ प्रशासन सहायक, सिस्टर, वरिष्ठ स्टाफ नर्सलगायतका पदमा आवेदन आव्हान गरेको हो।
यस्तै, अस्पतालले विभिन्न पदमा आन्तरिक प्रतियोगितात्मक परीक्षाका लागि पनि आवेदन आव्हान गरेको छ।