पप स्टार जस्टिन बिबरको अनुहारमा प्यारालाइसिस, दाहिने भाग नै चल्न छाड्यो

हेल्थपोस्ट नेपाल

काठमाडौं–पप स्टार जस्टिन बिबरको अनुहार प्यारालाइसिस भएको छ। अनुहार प्यारालाइसिस भएपछि उनले यसै साता तय गरिएको जस्टिन वल्र्ड टुरका तीन शो रद्द गरेका छन्।

२८ वर्षीय जस्टिनले इन्स्टाग्राममा एक भिडियो राख्दै ‘रामसे हन्ट सिन्ड्रोम’ कारण यस्तो स्थिति आएको जनाएका छन्। उनले भनेका छन्, ‘म एउटा आँखा चिम्लन सक्दिनँ, अनुहारको एउटा भागमा मुस्कुराउन सक्दिन, अनुहारको एउटा भाग प्यारालाइज्ड भएको छ।’

चिकित्सकका अनुसार रामसे हन्ट सिन्ड्रोम हुँदा शिंगल्ज नामको छालाको प्रकोप हुन्छ, जसले काननजिकैको स्नायु प्रणालीलाई प्रभावित पार्छ।

उनले तीन मिनेटको भिडियोमा अनुहारको दाहिने भाग देखाउँदै भनेका छन्, ‘यो भाइरसले मेरो कान र अनुहारको नसामा आक्रमण गरेको छ र अनुहार चल्न नसक्ने बनाएको छ।’ उनले आफू शो गर्न सक्षम नभएको भन्दै धैर्य गर्न प्रशंसकलाई आग्रह गरेका छन्।



Leave a Reply

Your email address will not be published.