स्वास्थ्यका यी चार सेवामा हडताल गर्न निषेध [राजपत्रसहित]

हेल्थपोस्ट नेपाल

काठमाडौं–सरकारले अस्पताल तथा स्वास्थ्य केन्द्र सञ्चालनसम्बन्धी सेवा (एम्बुलेन्सजस्ता सेवा)सहित स्वास्थ्यका चार सेवामा हडताल गर्न निषेध गरेको छ।

सरकारले यही जेठ २६ गते नेपाल राजपत्रमा सूचना प्रकाशित गर्दै अस्पताल तथा स्वास्थ्य केन्द्रमा हडताल गर्न निषेध गरेको हो।

यस्तै, औषधि निर्माण तथा बिक्री वितरणसम्बन्धी सेवा, मास्कसम्बन्धी सेवा, ह्याण्ड सेनिटाइजरसम्बन्धी सेवामा पनि हडताल गर्न निषेध गरेको छ।

गृहमन्त्रालयले स्वास्थ्य सेवाका यी चार सेवासहित २५ वटा सेवामा हडताल गर्न निषेधको सूचना राजपत्रमा प्रकाशित गरेको हो। आवश्यक सेवा सञ्चालन ऐन २०१४ को दफा ३ को उपदफा १ ले दिएको अधिकार प्रयोग गरी ती सेवामा हडताल गर्न निषेध गरिएको हो।

 



Leave a Reply

Your email address will not be published.