मेलानले गर्‍यो पवित्र समाजका बालबालिका र वृद्धवृद्धाका लागि स्वास्थ्य जाँच

हेल्थपोस्ट नेपाल

काठमाडौं–मेडिकल ल्याबोरेटोरी एशोसियसन अफ नेपाल (मेलान) ले आफ्नो १७ औं स्थापना दिवस बुढानीलकण्ठ ४ स्थित पवित्र समाज सेवा नेपालमा रहेका ३५ बालबालिका र ३० वृद्धाहरुको निःशुल्क स्वास्थ्य जाँच गरि मनाएको छ।

स्वास्थ्य शिविरमा बालरोग विशेषज्ञ डा प्रगति भण्डारी घिमिरे, जनरल फिजिसियन डा सुशील बोहरा र डा सौरभ सुनारले सेवा दिएका थिए। त्यस अवसरमा निःशुल्क औषधि वितरण, प्रयोगशाला जाँचसमेत गरिएको मेलानका महासचिव रेशम अधिकारीले जनँएकबा छन्।

यसका साथै आश्रममा आवश्यक औषधि, सेनेटरी प्याड, चामल, दाल, तरकारी, मासुलगायत रासनसमेत वितरण गरिएको मेलान केन्द्रीय अध्यक्ष राजेन्द्र खडकाले बताए।



Leave a Reply

Your email address will not be published.