यस्ता छन् काठमाडौंको फोहोर फाल्न मध्यरातमा गरिएका १८ बुँदे सहमति

हेल्थपोस्ट नेपाल

काठमाडौं–लामो समयदेखि जनस्वास्थ्यका लागि समेत चिन्ताको विषय बन्दै आइरहेको काठमाडौंको फोहोर व्यवस्थापन गर्न गएराति १८ बुँदे सहमति भएको छ। सहरी विकास मन्त्रालयमा काठमाडौं महानगरपालिका तथा प्रभावित ककनी गाउँपालिका र धुनिबेसी नगरपालिकाका जनप्रतिनिधिबीच भएको वार्तामा उक्त सहमति भएको हो।

सहमतिअनुसार काठमाडौं महानगरपालिकाबाट बन्चरे डाँडा कुँडुलेसम्म फोहोर ढुवानी गर्ने कार्य दीर्घकालीन रुपमा रातिको समयमा गर्ने, रातिका लागि आवश्यक पूर्वाधार, बत्ती तथा बाटोको निर्माण तथा व्यवस्था महानगरपालिकाले ३ महिनाभित्र गर्ने, सिसडोल तथा बन्चरे डाँडामा फोहोरको दुर्गन्ध नआउने गरी काठमाडौं महानगरपालिकाले एक महिनाभित्र व्यवस्थापन गर्नेछ।

यस्तै, फोहोरबाट निस्कने लिच्चड खोलामा नमिसाउने गरी दुई महिनाभित्र वैज्ञानिक व्यवस्थापन गर्ने, फोहोर बोक्ने गाडीबाट लिच्चड नचुहिने व्यवस्था एक महिनाभित्र मिलाउने र फोहोरमैला प्रभावित क्षेत्रको वैज्ञानिक अध्ययन गरी प्रभावित क्षेत्र छुट्याउने र अध्ययनले दिएको कार्यहरु कार्यान्वयन गर्न पहल गर्ने सहमति भएको छ।



Leave a Reply

Your email address will not be published.